FOREX

  • US Dollar 1 Buying 106.40 Selling 107.00
  • Great Brt. Pound 1 Buying 129.93 Selling 131.55
  • Euro 1 Buying 116.23 Selling 117.68
  • Australian Dollar 1 Buying 81.27 Selling 82.28
  • Canadian Dollar 1 Buying 80.78 Selling 81.79
  • Japanese Yen 10 Buying 10.18 Selling 10.31
  • Singapore Dollar 1 Buying 76.17 Selling 77.12
  • Swiss Franc 1 Buying 106.46 Selling 107.79
  • Chinese Yuan * 1 Buying 15.51 Selling 15.70
  • Indian Rupees 1 Buying 1.60 Selling 1.60
  • Qatari Riyal 1 Buying 28.67 Selling 29.02
  • Saudi Arabian Riyal 1 Buying 27.84 Selling 28.19
  • Thai Baht 1 Buying 3.04 Selling 3.08
  • Malaysian Ringgit 1 Buying 24.96 Selling 25.27
  • UnitedArabEmirates 1 Buying 28.42 Selling 28.78
  • South Korean Won 100 Buying 9.47 Selling 9.59
  • Danish Kroners 1 Buying 15.48 Selling 15.67
  • Hong Kong Dollars 1 Buying 13.54 Selling 13.71
  • Swedish Kroner 1 Buying 11.91 Selling 12.06
  • Kuwati Dinar 1 Buying 344.56 Selling 348.87
  • Bahrain Dinar 1 Buying 275.66 Selling 279.11

As per Oct 19, 2016 | View All »

NCC Money Transfer

NCC MONEY TRANSFER

सरल, सुलभ र सुरक्षित रेमिट्यान्स सेवा

 

कतार-नेपाल रेमिट्यान्स

कतारमा कार्यरत नेपालीहरुलाई सरल, सुलभ र सुरक्षित रेमिट्यान्स सेवा प्रदान गर्न एनसीसी बैंक र दोहा बैंकको संयुक्त प्रयासबाट NCC Money Transfer सेवा संचालनमा ल्याईएको छ । यस सेवाबाट न्युनतम शुल्कमा नेपालीहरुले रेमिट्यान्स सेवा प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कतारमा नेपालीहरुको लागि सहज रुपले बैंकमा खाता खोल्ने सुविधा नरहेको साथै सबै कम्पनीले आ-आफ्नो कर्मचारीलाई तलब बैंक मार्फत दिने सुविधा नदिएको कारण आफ्नो तलव ज्यालालाई घर नपठाए सम्म नगद आफ्नै साथमा राख्नु पर्ने र सो गर्दा कतिपय नेपालीहरुको रकम हराउने, चोरी हुने, पसिनाको कारण नोट खराब हुने आदी जोखिम उठाइ रहनु परेको छ । यस्तै तपाईंहरुको अनगिन्ती समस्याहरुलाई मनन गरेर एनसीसी बैंकले एनसीसी मनी ट्रान्सफर सेवा तपाईंहरु माझ ल्याएको छ ।

 

एनसीसी मनी ट्रान्सफर के हो

  • नेपालको एनसीसी बैंक र कतारको प्रतिष्ठित बैंक बीच कतारबाट एनसीसी मनि ट्रान्सफर मार्फ नेपालमा पैसा पठाउने भरपर्दो र विश्वासिलो माध्यम हो ।
  • कतारमा कार्यरत वा कतारमा काम गर्न जान लागेका प्रत्येक नेपालीले दोहा बैंकको कुनै पनि शाखामा आफ्नो व्यक्तिगत खाता खोल्न सक्नेछन् ।
  • खातामा रहेको रकम आफ्नो अनुकुल समयमा घर पठाउन सकिने ।
  • एनसीसी बैंकका नेपालमा रहेको शाखाहरु मार्फ एवं रकम भुक्तानी दिन बैंकले तोकेका अन्य बैंकका शाखाहरु तथा एजेन्सीहरु मार्फ तत्काल भुक्तानी हुने ।
  • एनसीसी बैंकको कुनै पनि शाखामा खाता संचालन गरेमा उक्त खातामा तत्काल रकम प्राप्त हुने र उक्त रकम नझिकेसम्म खातावालाले व्याज समेत प्राप्त गर्नसक्ने ।
  • एनसीसी बैंकले संचालन गरेका विभिन्न कल्याणकारी योजनाहरुमा स्वतः सहभागि हुन पाउने ।

 

विशेषताहरु :

  • दोहा बैंकमा सरल सुलभ तरिकाले खाता खोल्न सकिने
  • एक चोटी खाता खोलेपछि त्यसै खाता मार्फत पैसा पठाउन सकिने
  • बारम्बार लाईनमा उभिरहनु नपर्ने जसले गर्दा पैसा र समयको बचत हुने
  • दोहा बैंकको कुनै पनि शाखाबाट पैसा पठाउन सकिने
  • दोहा बैंकको DBank Remit मार्फत २४ / ७ (सातै दिन चौविसै घण्टा) को सेवा उपलब्ध हुने
  • चलनचल्तीको दरभन्दा कम कमिशन लाग्ने
  • रकम पाउने आफन्तले एनसीसी बैंकमा बिना रकम खाता खोल्न सक्ने
  • नेपालको जुनसुकै स्थानमा पनि बैंकको शाखा वा अभिकर्ता मार्फत तत्काल रकमा भुक्तानी गरिने
  • NCC बैंकमा रहेको खातामा रु. १०,००० /- सम्मको औषधीउपचार बीमा र रु. ५,००,००० /- सम्माको दुर्घटना बीमा नि : शुल्क प्राप्त गर्न सकिने

                                                                                                                                                                                          शर्तहरु लागू हुने

 

एनसीसी मनी ट्रान्सफरमा सहभागि हु“दा फाइदा

  • दोहा बैंक जस्तो प्रतिष्ठीत बैंकमा आफ्नो व्यक्तिगत खाता ।
  • तपाईं आफैले कम्प्यूटरबाट दोहा बैंकको DRemit सेवा मार्फत इन्टरनेटबाट पनि रकम पठाउन सकिने ।
  • आफ्नो तलव ज्याला सोझै आफनैं खातामा जम्मा हुने व्यवस्था -रोजगारदाता कम्पनीहरुले स्वीकृति दिएको अवस्थामा) ।
  • आफ्नो तलव ज्याला आफैंसंग राख्नुभन्दा दोहा बैंकको एटिएम कार्डवाट भुक्तानी गर्ने तथा मेशिनवाट आवश्यक रकम झिक्न पाउने सुविधा ।
  • खातावाट रकम नझिके सम्म व्याज आम्दानी भईरहने ।
  • आफ्नो खातामा वांकि रकम तथा कारोवारको विवरण एसएमएस मार्फत तत्काल प्राप्त गर्न सकिने ।
  • रेमिट्यान्स पठाइ सकेको सूचना पठाउने व्यक्तिको मोवाइलमा एसएमएस मार्फ प्राप्त गर्न सकिने ।
  • नेपाल स्थित एनसीसी बैंकमा रहेको आफ्नो वा आफन्तको खातामा तत्काल रकम जम्मा हुने र पाउनेले नझिके सम्म व्याज प्राप्त गरिरहने ।
  • नेपालमा पनि बैंक खातामा सिधै रकम जम्मा हुने हुंदा अनावश्यक रुपमा घरमा आवश्यक भन्दा बढि पैसा राख्न जरुरी नहुने र बचतको वानी वस्ने ।

 

 

खाता खोल्नको आवश्यक कागजातहरु :
दोहा बैंक

  • भिसा लागेको नेपाली राहदानीको प्रमाणित प्रतिलिपि
  • रोजगारदाता कम्पनिले दिएको परिचय पत्रको प्रतिलिपि
  • बैंक मार्फत तलव व्यवस्थापन गर्न रोजगारदाता कम्पनिले दिएको पत्र

 

एनसीसी बैंक

  • खाता खोल्ने फारम र KYC फारम
  • नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • फोटो  ३ प्रति

 

विदेशमा रोजगारको लागि वसोवास गर्दै आएका आम नेपालीहरुलाई थप सेवा र सुविधा दिन हामी कटिवद्ध छौ । हाम्रो सेवा सुविधा हेरौं, फरक अनुभव गरौँ ।