FOREX

  • US Dollar 1 Buying 106.40 Selling 107.00
  • Great Brt. Pound 1 Buying 129.93 Selling 131.55
  • Euro 1 Buying 116.23 Selling 117.68
  • Australian Dollar 1 Buying 81.27 Selling 82.28
  • Canadian Dollar 1 Buying 80.78 Selling 81.79
  • Japanese Yen 10 Buying 10.18 Selling 10.31
  • Singapore Dollar 1 Buying 76.17 Selling 77.12
  • Swiss Franc 1 Buying 106.46 Selling 107.79
  • Chinese Yuan * 1 Buying 15.51 Selling 15.70
  • Indian Rupees 1 Buying 1.60 Selling 1.60
  • Qatari Riyal 1 Buying 28.67 Selling 29.02
  • Saudi Arabian Riyal 1 Buying 27.84 Selling 28.19
  • Thai Baht 1 Buying 3.04 Selling 3.08
  • Malaysian Ringgit 1 Buying 24.96 Selling 25.27
  • UnitedArabEmirates 1 Buying 28.42 Selling 28.78
  • South Korean Won 100 Buying 9.47 Selling 9.59
  • Danish Kroners 1 Buying 15.48 Selling 15.67
  • Hong Kong Dollars 1 Buying 13.54 Selling 13.71
  • Swedish Kroner 1 Buying 11.91 Selling 12.06
  • Kuwati Dinar 1 Buying 344.56 Selling 348.87
  • Bahrain Dinar 1 Buying 275.66 Selling 279.11

As per Oct 19, 2016 | View All »

आज देखि एकीकृत कारोबार

आज मिति पौष १७, २०७३ देखि नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. मा इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक लि., एपेक्स डेभलपमेण्ट बैंक लि., सुप्रिम डेभलपमेण्ट बैंक लि., र इन्टरनेशनल डेभलपमेण्ट बैंक लि. गाभिएर नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.को नामबाट आजदेखि एकीकृत कारोबार प्रारम्भ गरिएको छ ।
बैंकको बागबजार स्थित कर्पोरेट कार्यालयमा एक औपचारिक समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीबि नेपालज्यूले बैंककोे एकीकृत कारोबारको शुभारम्भ गर्नुभयो । सो अवसरमा गभर्नर नेपालले अवका दिनमा बैंकको पूजी आधार बलियो भएकोले अव बैंकले पूर्वाधार र उत्पादनमुलक, एवं पर्यटन क्षेत्रमा लगानी गर्न र संचालक, ब्यवस्थापन लगायत सबैले बंैकिङ्ग अनुशासन पूर्ण रुपमा पालना गर्न समेत आग्रह गर्नुभयो । साथै उक्त कार्यक्रममा एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले बैंक आउँदो वर्ष  नेपालको प्रमुख पाँच कर्मसियल बैंकको रुपमा पुर्याउने लक्ष्यकासाथ अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्नुभयो । एनसीसी बैंक व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रपन्न निरौलाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा संयुक्त मर्जर समितिका संयोजक इश्वरी प्रसाद नेउपाने, माननीय मोहन बहादुर बस्नेत लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यसैगरी मर्ज भएका बिकास बैंकहरुका तर्फबाट एपेक्स डेभलपमेन्टका अध्यक्ष श्री बिष्णु प्रसाद धितालले मर्जर गर्दाको अनुभव बताउनु भएको थियो ।
पाँच वटै बैंकहरुले मर्जरका निमित्त सहमतिपत्रमा २०७२ मार्ग ११ गते हस्ताक्षर गरी नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन दिएका थिए । नेपाल राष्ट्र बैंकबाट २०७२ चैत्र ३ गते मर्जरका निमित्त सैद्धान्तिक सहमति प्राप्त भए पश्चात् सबै संस्थाले मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर सम्बन्धी प्रस्तावहरु आ–आप्ना वार्षिक साधारण सभाबाट पारित गराएका थिए । यी प्रक्रियाहरु पुरा गरे पश्चात् मर्जरको अन्तिम स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष संयुक्त आवेदन पेश गरी नेपाल राष्ट्र बैंकबाट २०७३ मार्ग २० गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०७३ पौष १४ गते सो सम्बन्धी स्वीकृति प्राप्त गरेका थिए ।  
मर्जर पश्चात यस बैंकको नाम नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. बैंक नै रहनेछ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क” वर्गको वाणिज्य बैंकको रुपमा आफ्नो व्यवसायलाई निरन्तरता दिनेछ । हुनेछ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७३।७४ सम्ममा न्यूनतम पूँजी रु ८ अर्ब पु¥याउनु पर्ने निर्देशनको अनुपालना गर्ने सम्बन्धमा बैंकले मर्जरलाई आधार बनाउन सकिने योजना सार्वजनिक गरे बमोजिम मर्जरको पहल गरिएको थियो । यस मर्जरबाट एकीकृत संस्था नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. को कुल चुक्ता पूँजी रु. ४ अर्ब ६७ करोड ९८ लाख पुग्नेछ भने  बैंकको निक्षेप करीब रु. ५५ अर्ब र कर्जा रकम रु ४८ अर्ब पुग्नेछ । शाखा सञ्जाल ९६ पुग्नेछ भने १०२६ जना कर्मचारी रहनेछन् । शेयर अनुपात मिलान पश्चात बैंकको पँुजिगत जगेडा कोषमा रु. ९८ करोड जम्मा हुनेछ ।
श्रीे उपेन्द्र केशरी न्यौपानेज्यूको अध्यक्षतामा बन्ने तदर्थ संचालक समितिमा संस्थापक शेयर समूहबाट मा. मोहन बहादुर बस्नेत, इमान सिह लामा, माधव प्रसाद भट्ट, विष्णु प्रसाद धिताल र सर्वसाधारण शेयर समूहबाट चन्द्र प्रसाद बास्तोला, उपेन्द्र केशरी न्यौपाने, कैलाश पतिन्द्र अमात्य र कृष्ण श्रेष्ठ रहनु हुनेछ । व्यवसायिक सञ्चालक पछि नियुक्त गरिनेछ । बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा रमेश राज अर्याल रहनु भएको छ ।